यो साता नेपाली बजारमा सुनको भाउ २ हजार रुपैयाँले घटेको छ । अमेरिकी श्रम बजारमा देखिएको सुधार सँगै सुनको मुल्यमा कमी आएको बिश्लेषकहरुले बताएका छन् ।
साताको पहिलो कारोबार दिन अर्थात आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २० हजार ८०० रुपैयाँ तोकिएको थियो ।
जुन साताको अन्तिम कारोबार अर्थात शुक्रबारसम्म आइपुग्दा १ लाख १८ हजार ८०० रुपैयाँमा कायम भएको छ । शनिबार छापावाला सुनको भाउ१ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २१ हजार ६०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो । बिश्व बजारमा उत्पन्न द्धन्दको प्रभाव, अमेरिकी रिजर्भ बैंक फेडले गरेको नीतिगत परिवर्तन र डलरको मुल्यमा परेको चाप लगायतका कारण सुनको मुल्यले उच्च रेकर्ड कायम गरेको हो ।
मंगलबार भने सुनको भाउ घट्यो । मंगलबार रेकर्ड मूल्यबाट घटेर प्रतितोला छापावाला सुनको भाउ १ लाख १९ हजार २०० कायम भएको थियो । यस्तै बुधबार १ लाख १८ हजार ४०० रुपैयाँ तोकिएको छापावाला सुनको भाउ बिहीबार पुन ः २०० रुपैयाँले बढेर १ लाख १८ हजार ६०० रुपैयाँ पुगेको थियो ।
यस्तै तेजावी सुनको भाउ सातामा २ हजार ५० रुपैयाँले घटेको छ । साताको पहिलो कारोबार दिन १ लाख २० हजार ३०० रुपैयाँ ताकिएको तेजावी सन शुक्रबार १ लाख १८ हजार २५० रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदी सातामा ८५ रुपैयाँले घटेको छ । आइतबार १ हजार ५४५ रुपैयाँ तोकिएको चाँदी शुक्रबार १ हजार ४६० रुपैयाँ तोकिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया