एनआईसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


एनआईसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ ।

यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २५ गते बुक क्लोज गर्ने भएकोले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन आजै सेयर खरिद गर्नुपर्नेछ ।

कम्पनीले पुस ६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साथै, सभाले आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।