आइतबार सुनको मूल्य १३ सयले घट्यो


साताको पहिलो कारोबार दिन अर्थात आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आइतबार सुनको भाउ १३ सयले घटेको हो ।

अमेरिकी श्रम बजारमा देखिएको सुधारसँगै सुनको मुल्यमा कमी आएको बिश्लेषकहरुले बताएका छन् । आइतबार छापावाला सुनको भाउ १ लाख १७ हजार ५०० रुपैयाँ कायम गरिएको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख १८ हजार ८०० रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको भाउ १ लाख १८ हजार २५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार आइतबार प्रतितोला चाँदी १ हजार ४२५ रुपैयाँ तोकिएको छ । चाँदी शुक्रबार १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ४ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।