उपकार लघुवित्तले लाभांश वितरण नगर्ने


उपकार लघुवित्तले गत आर्थिक वर्ष मूनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको कात्तिक २१ गते बिहीबार बसेको संञ्चालन समितिको ७२ औं बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने भएको छ । साथै लघुवित्तले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।