आइसीएफसी फाइनान्सको नगद लाभांश घोषणा


आइसीएफसी फाइनान्सले नगद लाभांश घोषणा गरेको छ । फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको ६.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फाइनान्सको मंसिर २२ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले कर सहितको उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस फाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।