छ किलो सुनसहित विदेशी नागरिक पक्राउ


त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको छ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई शनिबार राति पक्राउ गरिएको जानकारी दिए ।

कार्यालयले उक्त सुन कारोबारीका सम्बन्धमा अन्य दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन । कार्यालयले पक्राउ लसिमले पाउडर बनाएर ल्याएको साढे छ किलो सुन बरामद गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।