सानिमा रिलायन्सले लाभांश नबाँड्ने, दुई वर्षदेखि लगानीकर्ताको हात खाली

0
Shares

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने भएको छ । कम्पनी सञ्चालक समितिको मङ्सिर २२ गते शुक्रबार दिउँसो २ बजे बसेको १० औं बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको कम्पनी सचिव प्रिती श्रेष्ठका अनुसार शुक्रबारको बैठकले साबिक सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र साबिक रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०७८–७९ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साबिक सानिमा लाईफ इन्स्योरेन्सले आव २०७६।७७ बाट चुक्ता पुँजीको ४.२० प्रशितत बोनस र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद तथा साबिक रिलायन्स लाईफ इन्स्योरेन्सले कर प्रयोजन सहित चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ दुबै कम्पनीले लाभांश वितरण गरेनन् भने मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पनि आव २०७८–७९ बाट लाभांश वितरण नगरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।