राष्ट्र बैंकले आज साढे १८ अर्बको ट्रेजरी बिल बोलकबोल गर्ने


नेपाल राष्ट्र बैंकले आज सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले उक्त रकम बराबरको ट्रेजरी नवीकरण गर्न लागेको हो । ट्रेजरी बिल मंसिर २६ गते जारी हुने छ ।

केन्द्रीय बैंकले बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । केन्द्रीय बैंकले ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी फागुन २९ गते परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न र ४ अर्बको नयाँ गरेर कुल ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८१ जेठ २९ गते परिपक्व हुनेछ ।

साथै, एक वर्षको लागि २ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ मंसिर गते परिपक्व हुनेछ ।  ट्रेजरी बिलको बाँडफाँड बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी हुने गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।+

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार  ०८ : ५१ बजे