ग्लोबल आइएमई लघुवित्तले १० प्रतिशत लाभांश दिने


ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट करसहित १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कुल चुक्त पुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँको १० प्रतिशतले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।