आइतबार १३ सय रुपैयाँले घटेको सुनको भाउमा सोमबार पनि गिरावट आएको छ । सोमबार सुनको भाउ ५०० रुपैयाँले घटेको हो ।
अमेरिकी श्रम बजारमा देखिएको सुधारसँगै सुनको मुल्यमा कमी आएको हो । सोमबार छापावाला सुनको भाउ १ लाख १७ हजार रुपैयाँ कायम गरिएको छ । आइतबार छापावाला सुनको भाउ १ लाख १७ हजार ५०० रुपैयाँ कायम गरिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको भाउ १ लाख १६ हजार ९५० रुपैयाँ कायम गरिएको थियो ।
महासंघका अनुसार सोमबार प्रतितोला चाँदी १ हजार ४१० रुपैयाँ तोकिएको छ । चाँदी आइतबार १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको भाउ १५ रुपैयाँले घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन १ हजार ९९६ दशमलव ३८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया