आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत लाभांश दिने


आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई चुक्त पुँजी ६ करोड २३ लाख २८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।