मंगलबार अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ७४ पैसा


मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसामा कारोबार भइरहेको छ । यसअघि मंसिर १५ गते अमेरिकी डलरको भाउ सो बिन्दुमा पुगेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरो १४३ रुपैयाँ ३३ पैसा र बिक्री दर १४३ रुपैयाँ ९८ पैसा तोकिएको छ । मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा तोकिएको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मंगलबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३१ पैसा र बिक्री दर ८७ रुपैयाँ ७१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा र बिक्री दर २८ रुपैयाँ ५६ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १० रुपैयाँ १३ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार  ०७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।