सूनको मूल्यमा लगातार गिरावट आएको छ । तीन दिनमा सुनको भाउ २५ सय रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला १३ सय रुपैयाँले घटेको सुनको भाउ सोमबार प्रतितोला ५०० रुपैयाँले घटेको थियोे । मंगलबार प्रतितोला सुनको भाउ ७०० रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला छाापवाला सुनको भाउ १ लाख १७ हजार रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको भाउ १ लाख १६ हजार ४५० रुपैयाँ कायम गरिएको थियो ।
महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी १ हजार ४१० रुपैयाँ तोकिएको छ । सोमबारको तुलनामा मंगलबार चाँदी स्थिर रहेको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन १ हजार ९८५ दशमलव १६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९२ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया