टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा पोखरामा सुरु


जगदम्बा मोटर्सले न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको छ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारबाट पोखरामा एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको हो ।

एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा .२५ हजारसम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै ० प्रतिशत ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरि जम्मा १ लाख ७ हजार रुपैयाँको डाउनपेमेन्टमा नै टिभिएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।

टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा पुस ६ गतेसम्म चल्ने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।