बिन्ध्याबासिनी हाइड्रोपावरले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । सभा पुस २६ गते कम्पनीको कार्यालय परिसर नयाँ बनेश्वर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभामा आर्थिक वर्ष २०७९\८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी सभाले आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभामा भौतिक तथा भर्चुअल दुवै माध्यमबाट सहभागि हुन सक्ने कम्पनीले जनाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एकदिन बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १६ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ पुस २०८०, बुधबार  ०७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।