महालक्ष्मी विकास बैंकद्वारा लाभांश घोषणा


महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ