मध्य भोटेकोशीले तोक्यो साधारण सभा र बुक क्लोज मिति


मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले साभारण सभा बोलाएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको ३२१ औं बैठकले पुस २७ गते कुण्डलिनी दरबार बैंक्वेट, चण्डोल, काठमाण्डौंमा सभा बोलाएको हो । सभा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७९\०८० को वार्षिक प्रतिवेदनको प्रस्तुति र सो को स्वीकृति प्रदान गर्ने छ । यस्तै सभाले लेखापरीक्षण प्रतिवेदन सहित २०८० साल आषाढ मसान्तको वासलात र आर्थिक वर्ष २०७९\०८० को आय विवरण तथा नगद प्रवाह विवरण र अनुसूचीहरू सहितको वित्तीय विवरणहरूमा छलफल गरी पारित गर्ने छ ।

वार्षिक साधारण सभा प्रयोजनको कम्पनीले पुस १७ गते बुक क्लोज गर्दै छ । जसअनुसार पुस १६ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्र साधारण सभामा सहभागिता जनाउन सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार  ०८ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।