बिहीबार सुन-चाँदीको भाउ कति ?


नेपाली बजारमा बिहीबार छापावाला सुनको भाउ प्रतितोला छापावाला सुन १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको भाउ बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ४५० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार बिहीबार प्रतितोला चाँदी १ हजार ४८० रुपैयाँ तोकिएको छ । बुधबार चाँदी १ हजार ४६५ रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस सुन २ हजार ३६ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव २८ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।