अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहतर्फको हकप्रद सेयर बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ । कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएको थियो ।
उक्त निष्काशनमा आवेदन नपरेको आवेदन नपरेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्ने भएको हो ।
कम्पनीको सेयरमा पुस १३ गते शुक्रबारदेखि २५ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिनु पर्ने छ ।
लगातीकर्ताले नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाण्डौंबाट आवेदन दिन सक्ने छन् । यस्तै सन्राईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंर लक्ष्मी सनराईज बैंकका तोकिएका शाखाहरुबाट पनि आवेदन खिन सकिने छ ।
शेयरको न्युनतम मुल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ । तसर्थ बोलपत्रमा प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी मुल्य अंकित गरी व्यक्ति वा कम्पनीले पेश गर्न सकिनेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता शेयरको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन । दशमलबमा आउने गरी शेयर आवेदन गर्न पाईने छैन ।
५ लाख रुपैयाँसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं. आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ । सवैभन्दा बढी कबोल गर्ने आवेदकलाई बोलकबोलको मान्यता अनुसार शेयर बिक्री गरिनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया