घोराही सिमेन्टले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले उक्त बोनस सेयर पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा होटल पौवा दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं १५ मा बिहान ९ बजे सुरु हुनेछ । साथै, सभामा आर्थिक वर्ष २०७९\८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभुत शेयरधनीहरु वा सञ्चचालक सबद्ध रहेको संस्थासँग कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ । शुक्रबार र शनिबार परेकाले १३ र १४ गते सेयर कारेबार हुँदैन । १५ गते आइतबार लोसारको अवसरका सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, पुस १२ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया