न्यादी हाइड्रोपावरद्वारा साधारण सभा आह्वान


न्यादी हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले पुस २७ गते शुक्रबार क्वालिटी ब्याङक्वेट बुद्धनगर, काठमाण्डौंमा सभा बोलाएको हो । १६औं वार्षिक साधारण सभा बिहान ११ बजे सुरु हुने छ ।

सभामा संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित हुने छ । यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७९\८० को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

यसैगरी सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने एक जना महिला संचालक सहित दुई जना संचालकहरुको निर्वाचन गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १६ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ पुस २०८०, शुक्रबार  ०८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।