क्रेस्ट माइक्रो लाइफद्वारा सिएमएल लघु सावधिक जीवन बीमा योजना सार्वजनिक


क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ ।

बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै कम्पनीले सि.एम.एल. लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक नयाँ सावधिक बीमा योजना ल्याएको हो ।

यो योजनाले न्यून बीमाशूल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्ने कम्पनीले जनाएको छ । उक्त योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन समेत गर्ने कम्पनीले जिश्वास लिएको छ ।

यसको प्रमुख बिशेषता रेगुलर बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा ४५ रुपैयाँ प्रति वर्ष प्रति हजार र सिंगल बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा रु ५० प्रति वर्ष प्रति हजार ग्यारेन्टि रिर्टन हो ।

कम्पनीका अनुसार यो बीमालेख १८ वर्ष देखि ६० वर्ष उमेर सम्मको ग्राहकले खरिद गर्न सक्नेछन् । कम्तीमा ५ वर्ष र अधिकतम २५ वर्ष अवधि रहेको यो बीमालेखमा न्यूनतम बीमांक रकम दश हजार रुपैयाँ रहेको छ । बीमितले आफ्नो सुविधा अनुसार एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रुपमा बीमाशूल्क भुक्तानीको विकल्प रोज्न सक्नेछन् ।

बीमा अवधि पुरा नहुँदै वा ७० वर्ष नपुग्दै बीमितको निधन भएमा बीमांक रकम तथा ग्यारेन्टि गरिएको रकम एकमुष्ठ भुक्तानी पाउने कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।