साताको अन्तिम कारोबार दिन सुनको भाउ ८०० रुपैयाँले बढ्यो


नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको भाउ ८०० रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार १ लाख १९ हजार रुपैयाँमा कारोबार छापावाला सुन शुक्रबार ८०० रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला छापावाला सुन १ लाख १९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १९ हजार २५० रुपैयाँ कायम गरिएको छ । बिहीबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ४५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार शुक्रबार प्रतितोला चाँदी १ हजार ४८५ रुपैयाँ तोकिएको छ । बिहीबारको तुलनामा चाँदीको भाउ ५ रुपैयाँले बढेको हो । बिहीबार चाँदी १ हजार ४८० रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंस सुन २ हजार ४९ दशमलव ४७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ४ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ पुस २०८०, शुक्रबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।