कृषि विकास बैंकको संचालक समिति सदस्यमा महेश आचार्य नियुक्त


कृषि बिकास बैंक लिमिटेडको संचालक समितिको संचालक सदस्यमा महेश आचार्य नियुक्त भएका छन् । नेपाल सरका मन्त्रीस्तरको निर्णयानुसार उनलाई संचालक समितिको संचालक सदस्यमा नियुक्त गरिएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य आचार्यलाई बैंक संचालक समितिका संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका थिए ।

उक्त कार्यक्रममा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. राजेन्द्र प्रसाद मिश्र, गोविन्द भट्टराई , संजिव पौडेल, विनोद कुमार गुरांगाई, रिता सुवेदी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग , बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती रहेको थियो ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।