एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न, बैंकको तर्फबाट सञ्चालकमा दिपक ढकाल निर्वाचित


एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभा गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको हो ।

सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७९\८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

यसका साथै, सभामा दिपक ढकाल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् । नवनियुक्त सञ्चालक दिपक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका हुन् । बैंकिङ्ग क्षेत्रमा लामो समय देखि कार्यानुभव रहेको दिपक ढकाल एनआइएसी एशिया बैंक
लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन् ।

निजको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ६ पुस २०८०, शुक्रबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।