हिमालयन बैंकले प्रिमियममा एफपीओ निष्काशन गर्दै, प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


हिमालयन बैंकले प्रिमियममा एफपीओ निष्कासन गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २९ गते आइतबार ३१औं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा सर्वसाधारण सेयरधनीको आवश्यक सेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुनुका साथै एफपीओको मूल्य निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

यसैगरी, सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्ष (२०८०\८१) का लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार, पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।