राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले पौष २९ गते आइतबार नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा सभा बोलाएको हो । सभा दिउँसोको २ः३० बजे सुरु हुनेछ ।
यस्तै सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सो संशोधन तथा हाल सम्मको संशोधन सहितको एकीकृत प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने छ ।
सभाले संचालक समितिको आ.व. २०७७\७८, आ.व. २०७८\७९ र आ.व. २०७९\८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७\७८ को वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने छ ।
यस्तै सभाले आ.व. २०७८\७९ को लागि नियुक्त लेखा परिक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने, वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने छ ।
साथै सभाले चालु आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया