प्राइम बैंकको साधारण सभा पुस २९ गते


प्राइम कमर्सियल बैंकले साधारण सभा आह्वान गरेको छ । सभा पुस २९ गते  अमृतभोग क्याटर्स कालिकास्थान, काठमाण्डौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । सभा प्रयोजनार्थ बैंकले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार, पुस १८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।