बिपिडब्लु लघुवित्तले तोक्यो साधारण सभा र बुक क्लोज मिति


बिपिडब्लु लघुवित्त वित्तिय संस्थाले साधारण सभा आह्वान गरेको छ । सञ्चालक समितिको मिति २०८० पुस ६ गते बसेको १५२ औं बैठकले साधारण सभाको मिति तय गरेको हो ।

लघुवित्तले पुस २९ गते आइतबार जावलाखेल, ललितपुरमा रहेको होटल ले बगैचाको सभा हलमा साधारण सभा आह्वान गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९\०८० को वार्षिक प्रतिवेदन उपर छलफल तथा पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नोक्सान हिसाव तथा नगद प्रवाह विवरण एवं सोसंग सम्बन्धित अनुसूचीहरु पारित गर्ने छ ।

साथै सभाले आ.व. २०७९\०८० को लेखापरीक्षणको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

वार्षिक साधारण सभा प्रयोजनको लागि पुस १७ गते वित्तीय संस्थाको शेयरधनी दर्ता किताव बन्द रहनेछ । बुकक्लोज अनुसार पुस १६ गते सोमबारसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांस प्राप्त गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार  ११ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।