योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने


योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने भएको हो ।

भक्तपुरको खौमा स्थित ख्वप क्षेंंमा योमरी पून्हीको दिन म्युजिक फेस्टिवल हुने आयोजक एवं गायक सुनिल लोहलाले जानकारी दिए । उनका अनुसार एकै पटक फरक शैलीमा भक्तपुरमा साङ्गीतिक माहोल बनाउने उद्देश्यका साथ उक्त म्युजिक फेस्टिवल हुन लागेको उनले बताए ।

 यो किसिमको साङ्गीतिक कार्यक्रम भक्तपुरमा नै पहिलो भएको उनले बताए । योमरी पून्हीको दिन साँझ ४ बजे देखि हुने उक्त साङ्गीतिक कार्यक्रम फरक किसिमको हुने उनले बताए । उनका अनुसार हरेक वर्ष यस्तो साङ्गीतिक कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यका साथ आफूहरूले उक्त कार्यक्रम गर्न लागेको समेत उनले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १० पुस २०८०, मंगलबार  ०८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।