एनसीएचएलको १५ औं वार्षिकोत्सव सम्पन्न


नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ । ८ पुसमा काठमाण्डौं को होटल अलफ्टमा औपचारिक कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा ८ पुस २०६५ मा एनसीएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको थियो ।

एनसीएचएल पब्लिक फाइभट पार्टनरसिप मोडेलको अवधारणमा नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु तथा एससीटीको ९ करोड रुपैयाँभन्दा कमको पूँजीबाट सुरु भएको कम्पनीले बताएको छ ।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा कार्यरत सात जना कर्मचारीहरूलाई ‘लंग सर्भिस अवार्ड’ प्रदान गरिएको थियो । कर्मचारीहरुलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र एनसीएचएलका अध्यक्ष रामु पौडेलले उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।

एनसीएचएलले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र प्राविधिक सदस्यहरूबाट पछिल्लो तीन आर्थिक वर्षमा सबैभन्दा बढी डिजिटल कारोबार प्रशोधन गरेकोमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, गुडविल फाइनान्स लिमिटेड र खल्ती प्राइभेट लिमिटेडलाई ‘हाइएस्ट डिजिटल ट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी महालेखा नियन्त्रक कार्यालयलाई एनसीएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटलाइजेसन गर्न खेलेको विशेष भूमिकालाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा एनसीएचएल र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड ९नेप्स० को मर्जर तथा एक्विजिसन गर्नको लागि समझदारीपत्र आदानप्रदान भएको घोषणा समेत गरिएको थियो । दुवै कम्पनीका मर्जर तथा प्राप्ति समिति संयोजकदोय र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त समझदारीपत्र आदानप्रदान गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १० पुस २०८०, मंगलबार  ०९ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।