सुनको मूल्य दुई दिनमा ८०० रुपैयाँ बढ्यो


मंगलबार ६०० रुपैयाँले वृद्धि भएको छापावाला सुनको भाउ बुधबार २०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २० हजार ७०० रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला छापावाला सुनको भाउ २०० रुपैयाँ बढेको हो ।

मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २० हजार ५०० रुपैयाँ तोकिएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुनको भाउ १ लाख २० हजार १०० रुपैयाँ कायम गरिएको छ । मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार ४७५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी १ हजार ४८५ रुपैयाँ तोकिएको थियो । बुधबार चाँदीको मूल्य १० रुपैयाँ घटेको हो ।

अन्तराष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुन २ हजार ६४ दशमलव ५३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव १९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ पुस २०८०, बुधबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।