शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी लिमिटेडले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिदको लागि न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले आज पुस ११ गतेदेखि १९ गते बिहीबारसम्म आवेदन दिन सक्ने छन् ।

बैंकको संस्थापक सेयरमा संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन पाउने छन् । लगानीकर्ताले एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथलीबाट आवेदन दिन सक्ने छन् ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । धेरै नै केरमेट भई कबुल गरेको मूल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ ।

सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मुल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरू पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।