बिहीबार डलर किन्दै हुनुहुन्छ ? यस्तो छ भाउ


बिहीबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरो १४७ रुपैयाँ ०८ पैसा र बिक्री दर १४७ रुपैयाँ ७५ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४० पैसा र बिक्री दर १७० रुपैयाँ १६ पैसामा कारोबार भइरहेको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै बिहीबार अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ०१ पैसा र बिक्री दर ९१ रुपैयाँ ४२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७४ पैसा र बिक्री दर २८ रुपैयाँ ८७ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २८ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३३ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार  ०९ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।