शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले सन् २०२४ बाट ब्याजदर घटाउने निर्णय गरेसँगै डलरको भाउ घटेको हो ।
शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३७ पैसा रहेको छ । बिहीबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरो १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४८ रुपैयाँ ३३ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ८५ पैसा र बिक्री दर १७० रुपैयाँ ६१ पैसामा कारोबार भइरहेको छ ।
उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै शुक्रबार अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७६ पैसा र बिक्री दर ९१ रुपैयाँ १७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८२ पैसा र बिक्री दर २८ रुपैयाँ ९५ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४० पैसा र बिक्री दर ३५ रुपैयाँ ५६ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३२ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३६ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया