भूगोल इनर्जीले तोक्यो साधारण सभा र बुकक्लोज मिति


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले माघ ६ गते काजिको किचेन, पुरानो बानेश्वर, काठमाण्डौंमा बिहान ९ बजे सभा बोलाएको हो ।

सभामा चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले आ.व. २०७९\०८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, वार्षिक नाफा\नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्वद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने छ ।

यस्तै सभाले लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने छ । सभा प्रयोजनका लागि कम्पनीले पुस २३ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस २२ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।