दोल्ती पावरको साधारण सभा माघ ५ गते, बुक क्लोज कहिले ?


दोल्ती पावर कम्पनी लिमिटेडले माघ ५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस १२ गते बिहीबार बसेको बैठकले काजिको किचेन, पुरानो बानेश्वर, काठमाण्डौंमा बिहान ९ बजे तेश्रो वार्षिक साधारण बोलाएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । यस्तै आ.व. २०७९\०८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७९\०८० को वार्षिक नाफा\नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने छ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि पुस २३ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार, पुस २२ गते आइतबारसम्म नेप्सेमा कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार  ०९ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।