मानुषी र श्रृजनशील लघुवित्तले एकै दिन बोलाए साधारण सभा, मर्जर प्रस्ताव पारित गर्ने


मानुषी र श्रृजनशील लघुवित्तले साधारण सभा आह्वान गरेका छन् । मानुषी र श्रृजनशील एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न सभा बोलाएका हुन् ।

मानुषी लघुवित्तको सभा पुतली घर रिसोर्ट, बनेपा १४, काभ्रेपलाञ्चोकमा बिहान १०:३० बजे सुरु हुनेछ । यस्तै, श्रृजनशील लघुवित्तले संस्थाको केन्द्रीय कार्यालय गोलबजार नगरपालिका ७ सिराहामा बिहान १०:३० बजे सभा बोलाएको छ ।

दुबै लघुवित्तको सभाले एकआपसमा मर्जर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पेश गर्नेछन् । सभाले मर्जर प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक एवम् सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

सभा प्रयोजनका लागि दुबै कम्पनीले पुस २२ गते बुक क्लोज गरेका छन् । यसर्थ, दुबै कम्पनीमा पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । यी दुई बीच गत चैत ३ गते एक आपसमा मर्जर हुने प्रारम्भिक सम्झौता भएको गरिसकेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।