रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा सहभागी नगराएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका छन् । उनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगलागी गरेका हुन् ।
ईपीएस परीक्षाको विषयलाई लिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
मन्त्री ज्वाला भने सकुशल रहेको बताइएको छ । प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरु गाडीबाट बाहिर निस्किएका थिए ।
प्रदर्शनकारीहरुले मन्त्री र पीएसओ गाडीबाट निस्किएपछि आगजनी गरेको बताइएको छ । ईपीएस मार्फत कोरिया जान नपाउने भएका युवाहरुले झण्डै दुई घण्टादेखि सडक अवरुद्ध पारिरहेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया