सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं इन्टिउट फर चाइलद हेल्थ लागि आर्थिक सहयोग प्रदान गरेको छ । विभिन्न किसिमका बाल रोगको उपचार गर्ने उद्देश्यले सो एनजीओ निर्माण भएको हो ।
सो एनजीओले कार्डियोलोजी, ओन्कोलोजी, न्यूरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू र विभिन्न अन्य विशेष विभागहरू, सबै एउटै छानामुनि चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। अस्पतालको उद्देश्य चिकित्सा सेवाहरूको लागि न्यूनतम शुल्क लिने , गरिब र सीमान्तकृत बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने रहेको छ ।
एक समारोहका बीच बैंकले एक लाख एकाउन्न हजार रुपैयाँ बराबरकोे चेक कार्यक्रम श्री डाक्टर भगवान कोइरालालाई हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया