साताको पहिलो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २०० रुपैयाँले घटेको हो । आइतबार प्रतितोला छापावाला सूनको मूल्य १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार प्रतितोला छापावाला सून १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार शुक्रबार तेजावी सूनको मूल्य १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा काराबोर भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आइतबार प्रतिऔंस सुन २ हजार ६२ दशमलव ९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ८ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया