मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरो १४६ रुपैयाँ ६७ पैसा र बिक्री दर १४७ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै मंगलबार अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५१ पैसा र बिक्री दर ९० रुपैयाँ ९२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९२ पैसा र बिक्री दर २९ रुपैयाँ ०५ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६० पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३१ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया