स्मार्ट डोर्सले साढे २ लाख कित्ता सेयर सर्वसाधारमा जारी गर्दै


स्मार्ट डोर्स लिमिटेडद्वारा साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले २ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २ लाख ८० हजार कित्ता सेयर साधारण सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो।

आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सन् २०७८ मा स्थापना भएकोे यस कम्पनीले नेपालमा विभिन्न प्रकारको ढोकाहरु उत्पादन तथा बिक्रि गर्दै आईरहेको छ । कम्पनीले जर्मनी प्रविधिका मेशिनहरुबाट गुणस्तरीय ढोकाहरु २५ बर्षिय वारेन्टीका साथ नेपालमै उत्पादन गर्दै आईरहेको छ । साथै, यस कम्पनीद्वारा उत्पादित माईका ढोका, मेमरेन ढोका र थ्री डी ढोका विश्व भरी प्रसिद्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।