सुनको मूल्यमा गिरावट, बुधबार एक तोला सुनको भाउ कति ?


मंगलबार ५०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार २०० रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार प्रतितोला चाँदी १ हजार ४५० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ४६० रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुन २ हजार ६५ दशमलव १८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ७ डलरमा कारोबार भइरहेको छ ।
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।