सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घट्यो, चाँदीको भाउमा पनि गिरावट


बिहीबार सुनको भाउमा गिरावट आएको छ । बुधबार २०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार १३०० रुपैयाँ घटेको हो ।

बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजावी सुन १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार प्रतितोला चाँदी १ हजार ४५० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुन २ हजार ४४ दशमलव १५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९८ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।