शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरो १४५ रुपैयाँ ५७ पैसा र बिक्री दर १४६ रुपैयाँ २३ पैसा तोकिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८२ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै शुक्रबार अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ५१ पैसा र बिक्री दर ८९ रुपैयाँ ९२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६७ पैसा र बिक्री दर २८ रुपैयाँ ८० पैसा रहेको छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४३ पैसा र बिक्री दर ३५ रुपैयाँ ५९ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १५ पैसा छ भने बिक्री दर १० रुपैयाँ २० पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया