सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा माघ १४ गते गर्ने निर्णय गरेको हो । बैठकले काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
यस्तै सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । सभाले आर्थिक वर्ष २०७९ \ ०८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै वासलात, नाफा नोक्सान हिसाव, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण पारित गर्ने छ ।
यस्तै सभाले आर्थिक वर्ष २०८० \ ०८१ को लागि लेखापरीक्षण समितिवाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २९ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस २६ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभा भाग लिन तथा लाभांश पाउन सक्ने छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया