यो साता विश्व बजारमा सुनको मुल्यमा एक हजार रुपैयाँ कमी आएको छ । अमेरिकी डलरको विनिमय दरमा देखिएको मजवुतीका कारण मुल्यमा कमी आएको बिश्लेषकहरुको अनुमान गरेका छन् ।
यद्यपी सन् २०२४ मा सुनको मुल्यले उच्च रेकर्ड कायम गर्ने प्रक्षेपण भने भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले त्यो अवस्था देखाएको विभिन्न बताइएको छ ।
नेपाली बजारमा छापावाला सुनको मूल्य साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ रहेको थियो । जुन मूल्य अन्तिम कारोबार दिन अर्थात शुक्रबारसम्म आइपुग्दा १ लाख १९ हजार ५०० रुपैयाँमा सिमित भएको छ ।
साताको दोस्रो दिन सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पाँच सय रुपैयाँले बढेर १ लाख २१ हजारमा पुगेको थियो । यस्तै बुधबार २०० रुपैयाँ घटेर १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १३०० रुपैयाँले घटेर १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यता साताको पहिलो दिन आइतबार १ हजार ४ सय ८५ रुपैयाँ चाँदी शुक्रबार १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया