हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा माघ १८ मा बस्ने

0
Shares

हिमालयन लाइफ इन्स्योरेन्सको १६ औं वार्षिक साधारण सभा आगामी माघ १८ गते बस्ने भएको छ ।

कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको गैरीधारास्थित सिल्भर ओक ब्यांक्वेटमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सोही बैठकले गत आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय समेत गरेको छ ।

सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । साथै आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९–८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

त्यस्तै नियमनकारी निकायको प्रस्तावित विषयउपर कुनै फेरबदल, संशोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा रहेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ ३ गते मंगलबार बुकक्लोज गर्ने जानकारी दिएको छ । बुकक्लोजको आधारमा माघ २ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनी मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।