किसान र धौलागिरी लघुवित्तका सेयरधनीको हात खाली


किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । दुबै कम्पनीले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीको हात खाली हुने भएको हो ।

किसान लघुवित्तको पुस २६ गते बसेको बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै धौलागिरी लघुवित्तको पुस २५ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसअघि उक्त संस्थाले सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । कम्पनीले उक्त प्रतावित लाभांस नदिने भएको हो ।

दुवै कम्पनीले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित मुनाफामै राख्ने निर्णय गरेको छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।